म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सवमा आज बिहिबार नेपालको चर्चित व्याण्ड कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएको छ। नेपालको उत्कृष्ट व्याण्डको रुपमा स्थापित हुदै गएको कुमा सागर एण्ड द खोपाले महोत्सवमा माघ ३ गते प्रस्तुती रहने सांस्कृतिक संयोजक राजेश शाक्यले बताउनुभयो । बिहिबार साँझ कुमा सागरको टोलीको प्रस्तुती रहने छ ।
फुरफुर., चमेली फूल., हावाको लहर., ओ चम्फा.., छहरी सरि. लगायत दर्जनौं गीतहरु चर्चित रहेको ब्याण्ड युवापुस्तामा निकै लोकप्रिय छ ।हरेक विधाका गीतमार्फत दर्शकलाई नचाउने ब्याण्डलाई यसपटकको महोत्सवको आर्कषकको रुपमा लिइएको छ । महोत्सवमा म्याग्दीका पुराना लोक गायक खड्ग गर्बुजा, नायक एवम् कलाकार पल शाह, शान्ति श्री परियार, रबी कार्की, सम्भोज मल्लको प्रस्तुती सकिएको छ भने गायिक समिक्षा अधिकारी,सुनिता दुलाल सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बाँकी छ ।
म्याग्दी उद्योग वाणिज्य संघले यसपटक कलाकारहरुमा नयाँ पन दिन खोजेको बताउँदै सांस्कृतिक तथा अन्य उत्पादनका दृष्टिकोणले पनि यसपटकको महोत्सवका बाँकी दिनहरु समेत सफल बनाउने बताउनुभयो । माघ ८ गतेसम्म चल्ने म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाका स्टेज संयोजक पत्रकार अमित विश्वकर्माले गर्नुभएको छ।