आठौं म्याग्दी महोत्सवका अतिथि र कलाकारलाई राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनद्वारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक उपहार दिइएको छ ।
अतिथि तथा स्थानीय तथा राष्ट्रिय कलाकारलाई फ्रेम सहित अन्य उपहारमा हुने खर्च जोगाउँदै महाबीर पुनको अभियानमा सघाउने गरी पहिलो चरणमा डेढ सयभन्दा बढी पुस्तक खरिद गरी ल्याइएको मुल संयोजक एवम् संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । महावीर पुनको अभियानमा सघाउन महोत्सव अवधिभर साढे दुई सय पुस्तक ल्याउने बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ खरिद गरिएको पुस्तक महोत्सवपछि स्थानीय संघसंस्था।, म्याग्दी पुस्तकालयला्ई हस्तान्तरण गरिने छ ।
वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि देशभरि आफ्नो आत्मकथा विक्री गरिरहनुभएका वैज्ञानिक पुनलाई महोत्सवमा सम्मान सहितका कार्यक्रमहरु तय गरिएपनि कार्यब्यस्तताका कारण आउन नसक्नुभएको महासचिव नारायण जिसीको भनाई छ ।
महावीर पुनद्वारा लिखित आत्मकथा पढेर नेपालमै बसेर देश र आफ्ना लागि धेरै गर्न सकिन्छ भन्ने सन्देश युवाहरुमा जाने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । म्याग्दी महोत्सवको टिकटबाट हुने आम्दानीबाट समेत विभिन्न सामाजिक संघसंस्थालाइृ सहयोग गर्ने आयोजनकले जनाएको छ ।