अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मोटरसाइकल दुर्घटनामा एक यूवाको मृत्यु

On: January 17, 2025 3:57 PM
Follow Us:
---Advertisement---

पर्वतको जलजला गाउँपालिका–३,मल्लाजको भुर्तुलामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबेनीबाट मल्लाजतर्फ जादैं गरेको ग ५ प ४५५६ मा सवार जलजला–२,का २५ बर्षिय मनिष परियारको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

बिहिबार राती साढे १ बजे दुर्घटनामा घाईते परियारको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो । मृतकको शव बेनी अस्पतालमा राखिएको र पोष्टमार्टपछि परिवारको जिम्मा लगाइने छ । घटनास्थलमा थप अनुसन्धानका लागि प्रहरी निरिक्षक निरबहादुर बानियाँको नेतृत्वमा टोली खटिएको छ ।