म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेलामा शुक्रबार सञ्चालन गरिएको खुल्ला भजन प्रतियोगितामा बागलुङको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिर भजनकिर्तन समुह प्रथम भएको छ ।
सनातन धर्म, मौलिक संस्कृति,परम्परा र सभ्यताको जर्गेना गर्न विभिन्न पर्वमा गाइने कतिपय भजन लोपोन्मुख अवस्थामा पुगेपछि जर्गेना गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा द्धितिय बाह्मण समाज म्याग्दी भएको संघका प्रथम उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक लिलाराम गौतमले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितियले क्रमश १५ हजार, ७ हजार नगद, प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ११ सससभजनसमुहको सहभागिता रहेकोमा सहभागि सबैलाई प्रति समुह ३ हजार नगद र सहभागि प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रथम हुने बागलुङ कालिका मन्दिर भजनकिर्तन समुहले पछिल्लो समय नयाँ पुस्तालाई आर्कषित गर्न विभिन्न क्षेत्रमा पुगेर प्रस्तुती दिने गरेको समुहका अगुवा संगम क्षत्रील बताउनुभयो ।
आफ्नो धर्म, सस्कार, संस्कृति, परम्परा, पहिचान झल्कने गरी भजन किर्तन गर्दै, नाच्दै आपसमा सदभाव, शान्ति, सुखदुःख साटासाट गर्न सफल भएको अगुवा केसीको भनाई छ ।
यता म्याग्दी महोत्सवका मुल संयोजक एवम् संघका अध्यक्ष सुविन श्रेष्ठले समाजको पहिचान, संस्कृति, परम्परा, कलाको जर्गेनालाई प्राथमिकता दिएर भजनकृतन, रत्यौली रमगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुख्र्यौली नाचको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।