‘बि’ लेभल पुरुष डबल ब्याडमिन्टनमा प्रवेश र सज्जनको टिम प्रथम

म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको साबिक धौलागिरी अञ्चल स्तरीय ‘बि’ लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा प्रवेश मगर र सज्जन शाक्यको टिम प्रथम भएको छ । ८ औं म्याग्दी महोत्वस एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा आयोजित प्रतियोगितामा द्वितीय सागर शर्मा र सुदिप श्रेष्ठ, तृतीय सन्दिप अधिकारी र देवान थापा, जगदिश शर्मा र नारायण पौडेल रहेको जिल्ला ब्याडमिन्टन संघ म्याग्दीका सचिव सचिन शाक्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतियलाई क्रमश नगद २५ हजार, १५ हजार, ५ हजार मेडल, ट्रफी र प्रमाणपत्र
प्रदान गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजना,जिल्ला ब्याडमिन्टन संघ र बेनी नगरपालिका ब्याडमिन्टन संघ सहआयोजक रहेको प्रतियोगितामा २८ टिमको सहभागिता रहेको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक सुबिन श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष एवम् बेनपा वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, वडा नं. ७ का वडा अध्यक्ष एवं बेनी नगरपालिकाका प्रवत्ता रमेश कुमार श्रेष्ठ, धौलागिरी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष अशोक खत्री,जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिनेश केसी जिल्ला ब्याडमिन्टन संघ, म्याग्दीका अध्यक्ष सन्दिप अधिकारी, बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्य,८ औं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाका खेल संयोजक तारानाथ रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

Previous article‘कालीगण्डकी नदीमा बैशाख महिनासम्म जलयात्रा गर्न सकिन्छ’
Next article‘सार्वजनिक निकायले मागेको बेला सूचना दिनुपर्छ’