अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

यू-२० बास्केटबलमा बेनपा-१० च्याम्पियन

On: January 20, 2025 7:03 PM
Follow Us:

आठौं म्याग्दी महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश वडास्तरीय यू-२० बास्केटबलको उपाधी बेनी नगरपालिका-१०, पात्लेखेत च्याम्पियन बनेको छ । सदरमुकाम बेनीस्थित कालिपुल बास्केटबल कोर्टमा आयोजित प्रतियोगिताको फाइनलमा अन्नपूर्ण गाउँपालिका–१ दोबालाई पराजित गदैं उपाधी जितेको बास्केटबल संघ म्याग्दीका अध्यक्ष एकिन पूर्जाले बताउनुभयो ।

३ इन्टु ३ बास्केटबल नियम अनुसार खेल सम्पन्न भएको थियो । प्रतियोगितामा बेनी नगरपालिकाका ओमकार रकाल उत्कृष्ट खेलाडी र अन्नपूर्ण गाउँपालिकाका रनिक गर्बुजा उत्कृष्ट स्कोर बन्नुभयो । प्रतियोगितामा प्रथम, द्धितियले क्रमश ५५ हजार १ सय, ३१ हजार १ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक ताराना रेग्मीले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेतालाई बेनी नगरपालिकाका मेयर सुरत केसी, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, महासचिव नारायण जिसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले सम्मान गर्नुभएको थियो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सहआयोजक म्याग्दी बास्केटबल संघ लगायतलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो ।