म्याग्दी पुस्तकालयको उत्कृष्ट पाठक अर्याल

म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी पुस्तकालयको पुस महिनाको उत्कृष्ट पाठक प्रकाश माविका शिक्षक दिपक अर्याल घोषित हुनुभएको छ । पठन संस्कृति प्रवर्धनका लागि माघ महिनादेखि शनिबार र सार्वजनिक विदाको दिनमा समेत खुल्ने पुस्तकालयले पुस महिनामा सबैभन्दा धेरै २३ पटक पुस्तकालयमा प्रवेश गर्ने कक्षा ११, १२ का शिक्षक अर्याललाई पुस्तकाध्यक्ष भुजु कुटुवालले सम्मान गर्नुभयो ।

सम्मानित शिक्षक अर्यालले नयाँ पुस्तकको थप सहित पाठकलाई सुविधा थपिएपछि पुस्तकालयमा पढ्न सहज भएको बताउनुभयो । पहिलो उत्कृष्ट पाठकको रुपमा सम्मानित भएकोमा समेत पुस्तकालय परिवारलाई धन्यवाद दिनुभयो ।

पुस्तकालय ब्यवस्थापन समितिले पुस्तकालयमा पाठकलाई थप सहज हुने विदाको समयमा समेत पुस्तकालय खोल्ने तथा समुदाय र विद्यालयमा समेत पुस्तकालयका गतिविधि सञ्चालन गर्ने अध्यक्ष अम्बिक श्रेष्ठले बताउनुभयो । ‘अहिले पुस्तकालयमा आउने पाठकको संख्या बढिरहेको छ, पाठको सुझाव अनुसारका पुस्तक पनि थप गरिरहेका छौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

पुस्तकालयलाई समुदायमा लैजान विद्यालय पुस्तकालय कार्यक्रम, घुम्ती पुस्तकालय सहित अन्य पठन संस्कृति बढाउने कार्यमा समेत जुटेको अध्यक्ष श्रेष्ठको भनाई छ ।पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, सङ्गीत, खेलकूदका सामग्री सहित विभिन्न विधाका २० हजार बढीको हाराहारीमा पुस्तकहरु छन् ।निकट भविस्यमा संगित पुस्तकालय समेत थप्ने योजना रहेको छ ।

Previous articleमंगला शिक्षा क्याम्पसको आर्थिक संकलन अभियानमा ३ लाख सहयोग
Next articleभलिबलको उपाधी बेनपा र अन्नपूर्णलाई