भलिबलको उपाधी बेनपा र अन्नपूर्णलाई

गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलको उपाधी बेनी नगरपालिकाले जितेको छ । आठौँ म्याग्दी महोत्सव,माघे सङ्क्रान्ति मेलाको अवसरमा खुल्लामञ्चमा मंगलबार सम्पन्न भएको फाइनलमा मालिका गाउँपालिकालाई १–३ सेटले पराजित गदैं उपाधी जितेको हो ।

फाइनल खेलमा पहिलो सेट बेनपाले मालिकालाई २५–१७ दोस्रो ३०–२८, २५–१६, २५–१६ ले हराएको हो। खेलको पहिलो, दोस्रो सेट जितेको बेनपाले तेस्रो सेट गुमाएको थियो ।

अन्तिम सेटमा बेनपालाई रोक्ने मालिकाको प्रयास असफल भएपछि उपाधी बेनपाको पोल्टामा गएको हो । बेनीबजारको खुलामञ्चमा भएको खेलमा भलिबल प्रशंसकहरूको उल्लेख्य उपस्थिति थियो।

यसैबीच महिला भलिबलमा अन्नपूर्णले मंगला गाउँपालिकालाई २५–२२ दोस्रो २२–२५, २५–२०, २५–१६ ले हराएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । अन्नपूर्णलाई मंगलाले देस्रो सेटमा जितेर तेस्रोमा समेत निकै प्रतिस्पर्धामा खेलेपनि खेलाडीको तालमेलको कमजोरीलाई अन्नपूर्णले सदुपयोग गरेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितियले क्रमश १ लाख ५१ हजार १ सय, द्धितियले ७५ हजार १ सय नगद र महिलातर्फ प्रथम ७१ हजार १ सय र द्धितियले ४० हजार १ सय नगद, ट्रफी र मेडल, प्रमाणपत्रले सम्मान गरिएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष लिलाराम गौतम, द्धितिय उपाध्यक्ष अमित बानियाँ,महासचिव नारायण जिसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, खेलकुद प्रतियोगिता संयोजक तारानाथ रेग्मी लगायतले वितरण गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडी बेनपाका सञ्जोक थापा र महिलातर्फ सजिना बुढाथोकी घोषित हुनुभएको थियो ।

Previous articleम्याग्दी पुस्तकालयको उत्कृष्ट पाठक अर्याल
Next articleसरकारले निजी क्षेत्रको बषौंदेखिको समस्या समाधान गरेको छ : अध्यक्ष ढकाल