म्याग्दी नदीमा बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ। बेनी नगरपालिका-४, तातोपानीस्थित म्याग्दी नदीको बिच भागमा अड्किरहेको अवस्थामा मंगला गाउँपालिका-५, अर्मन घर भई हाल मंगला–३ सातेबिसे बस्ने ४० बर्षिया सिता बिक रहेको प्रहरी नाउव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

केहीदिन अगाडी घरबाट एक्कासी निस्किएपछि बेपत्ता भएको र खोजीकार्य गरिरहेको अवस्थामा शब नचिनिने भएपनि छोरा राजन विकले पहिचान गरेका थिए । मृतकको शब तातोपानी प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि सहितको टोलीले बेनी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । तातोपानीका स्थानीयले नदी किनारमा महिलाको शव देखेपछि तातोपानी प्रहरी चौकीलाई खबर गरेका थिए।

 

Leave a Reply