अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पर्वत केन्द्रविन्दु भएर गयो भुकम्प, म्याग्दीमा समेत धक्का महसुस

On: January 24, 2025 10:27 PM
Follow Us:
---Advertisement---

पर्वतको मोदी गाउँपालिका-४, क्याङ लेसपार केन्द्रविन्दु भएर नयाँ भूकम्प गएको छ। शुक्रबार साँझ ७८ बजे गएको भुकम्पको धक्का पर्वत, बागलुङ र म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा महसुस भएको थियो । भुकम्पबिद् डा.शिव सुबेदीले यो पराकम्प नभई नयाँ भूकम्प भएको बताउनुभयो ।

भुकम्पबिद् सुबेदीले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार ४ रेक्टरभन्दा तलको भूकम्पले मानबीय र भौतिक क्षतीको सम्भावना कम भएपनि सर्तकता अपनाउनुपर्छ । सानो रेक्टरको भुकम्पको केन्द्रबिन्दु भएको क्षेत्र आसपासमा भने क्षतीको सम्भावना हुन्छ ।

म्याग्दीको धौलागिरी हिमालको फेद हुदै एउटा भुकम्पको फल्ट रहेकाले पश्चिम म्याग्दीमा साना धक्का महसुस भइरहने डा. सुबेदीको भनाई छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड आसपासमा सतर्कता अपनाउनुपर्ने जनाएको छ ।