नेपाल निजामती कर्मचारी संगठन मंगला कमिटीको अध्यक्षमा रुचेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ ।
सोमबार बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्य समिति चयन भएको हो । नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा अनिता कुमारी शर्मा, सचिव अशोक खत्री, कोषाध्यक्ष धन बहादुर बोहरा चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा विशाल थापा मगर, लालदेवि पुन, ज्ञानेन्द्र आचार्य, खेमराज सुवेदी, रमिला गौतम, प्रशान्त पौडेल, समिक्षा भण्डारी, सजिना भण्डारी, नगेन्द्र सापकोटा, प्रविन खत्री, रहनुभएको छ । जिल्ला प्रतिनिधिमा रुचेन्द्र अधिकारी, विपिन आचार्य र कृष्ण प्रसाद भुषाल चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका उपसचिव सत प्रसाद रोकाले निजामती कर्मचारी संगठनले कर्मचारीहरुको हक हितका निम्ती काम गरिरहेको बताउँदै देशको सेवामा समर्पित कर्मचारीहरुलाई जिम्मेवार बनाउन तथा थप हौसला प्रदान गर्न सरकारले उचित कार्य योजना बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले मंगला गाउँपालिका कमिटीका अध्यक्ष याम थापा मगर, नेपाल निजामती कर्मचारी संगठन म्याग्दी जिल्ला अध्यक्ष सोम बहादुर केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संगठनका ज्येष्ठ सदस्य याम प्रसाद खरालको अध्यक्षता तथा जिल्ला सदस्य विपिन आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply