दिब्या सेकुरिटी एण्ड स्टक हाउस प्रालिमा लामो समय कार्यरत इन्चार्ज कुमार शर्मालाई सम्मान र बिदाइ गरिएको छ । उक्त प्रालिमा आठ बर्ष सम्म बसेर धौलागिरि क्षेत्रको धितोपत्र बजारमा उल्लेख्य काम गरेका शर्मालाई सम्मान तथा बिदाइ गरिएको हो ।
लामो कामको अनुभवबाट शर्मा अमेरिका जान लागेका हुन् । उनले धौलागिरि क्षेत्रमा बसेर धितोपत्र बारे ग्रामीण क्षेत्र सम्म सचेतना अभियान संचालन गरेका थिए । त्यस बाहेक कार्यलय मार्फत धितोपत्रको दोश्रो बजार बिस्तार अभियानमा पनि उल्लेख्य भूमिका खेलेका थिए ।
उक्त अबसरमा संस्थाका कार्यकारी निर्देशक निर्दोस लम्सालले शर्माको भूमिकाबारे प्रकाश पार्दै धौलागिरि क्षेत्रमा धितोपत्र, शेयर कारोवार लागयतमा आम नागरिकको चासो बढाउने र लगानी गर्ने वातावरण सिर्जनामा उल्लेख्य भूमिका खेलेको बताए । उक्त अबसरमा शेयर लगानीकर्ताहरु पुनमप्रसाद शर्मा, भुपेन्द्र खड्का र प्रकाश जिसी लगायतले शर्माको योगदानको चर्चा गरेका थिए ।
संस्थाका कार्यकारी निर्देशक निर्दोस लम्सालको अध्यक्षता, बिबश गैरे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । शेयरको क्षेत्रमा सेकेण्डरी मार्केट भनेर चिनिने दोश्रो बजार बिस्तार अभियान गर्ने उक्त संस्था एकमात्र ब्रोकर संस्था हो ।