---Advertisement---

बसन्त थापाको ‘मयाली’ सार्वजनिक

On: January 31, 2025 11:28 AM
Follow Us:

बसन्त थापा नेपाली लोक दोहोरी क्षेत्रमा एक सफल नाम हो । थापाको परिचय सङ्गीतकार र गीतकारको रूपमा स्थापित छ । उनै चर्चित लोक तथा दोहोरी गायकको नयाँ गीत सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको ‘मयाली’ गीतमा लय शब्द बसन्त थापाको रहेको छ भने स्वर बसन्त थापा र चर्चित गायिका देवी घर्तिको छ । गीतले यतिबेला सामाजिक सञ्जाल फेसबुक, रिल र टिकटकमा चर्चा कमाइरहेको छ ।

म्युजिक भिडियोलाई एकिन्द्र सरशंकरले निर्देशन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । गायक थापाले आफैं भिडियोमा अभिनय गरेका छन् भने उनलाई मोडल लक्ष्मी थापा मगरले साथ दिएकी छन्। गीतको भिडियो बागलुङको ढोरपाटनमा खिचिएको हो।

निलो फेवाताल नामक एल्बमबाट आफनो सांगीतिक यात्रा प्रारम्भ गरेका थापाका ‘वारी घुम्टे पारी गाजा’, ‘बागलुङ बजारमा बाघको शालिक’, ‘एक्लो सीमल’, ‘सालको पातको टपरी’, ‘बोकेझार’ लगायत दर्जनौं गीत रुचाइएका छन् ।

लोकगीत र मौलिक संस्कृतिको उर्वरभूमि मानिने बागलुङको गलकोट नगरपालिका-७ मल्ममा वि.सं. २०४१ साल चैत १४ जन्मेका थापा प्राय: मौलिक गीत सिर्जना गर्न रुचाउँछन् ।