हालै सम्पन्न भएको धौलागिरी अधिकृत विक्रेता संघको अध्यक्षमा पुनः राजन कुमार श्रेष्ठ चयन हुुनुभएको छ । बागलुङमा भएको संघको १० औँ बार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १७ सदस्य रहेको नयाँ कार्य समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा प्रकाश गौतम, हेमन्त बानियाँ, महासचिवमा नायारण ढुङ्गाना, सचिवमा बिमल कंडेल र कोषाध्यक्षमा जगन्नाथ शर्मा चयन हुनुभएको हो ।
कार्यक्रम गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल वितरक महासघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्य, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।