मलेसियामा छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्ने,एक आपसमा मेलमिलाप र अप्ठ्यारोमा हातेमालो गर्ने र म्याग्दीको पहिचान देश बिदेशमा पुर्याउने मुख्य उदेश्यले आयोजित कार्यक्रम 29 तारिख चिनियाँ नयाँ बर्ष को अवसर पारि प्रमुख अतिथि नेपाली राजदुतावास का प्रथम सचिव खिमानन्द भुसालले उद्घाटन गर्नु भएको थियोे।
साथै उद्घाटन समारोहमा विभिन्न संघ संस्थाका पदाधिकारी NRNA का NCC सदस्य खेमराज खत्रि साथै मलेसिया स्थिति हिमालयन बैंकका प्रमुख प्रदिप आचार्य लगाएत ले उपस्थित जनाउनु भएको थियोे।
उक्त कार्यक्रममा १३ टिम भलिबल खेलाडीलाई पछि पार्दै प्रथम मोना मलेसिया कप हात पारेको नवलपुरको भलिबल टिमले दोस्रोपटक पनि मोना मलेसिया कप हात पार्न सफल रह्यो भने दोस्रोमा GS को टिम र तेस्रोमा आयोजक मोना मलेसिया भएको छ।उक्त कार्यक्रममा प्रथमले Rm3333 दोस्रोले Rm2222 र तेस्रो ले RM 1111 पुरस्कार पाएका छन।
उक्त कार्यक्रममा भाग्यशाली चिठ्ठा प्रतियोगिता पनि समाबेश गरिएको थियोे जसमा (प्रथम आइफोन १३ चिठ्ठा नं219 पवन श्रेष्ठ)(दोस्रो सामसुङ स्मार्ट फोन चिठ्ठा नं388 ईन्द्र बहादुर वाइवा)(तेस्रो चिठ्ठा नं 03 मोहन बुढा मगर) र चौथोमा स्मार्ट वाच चिठ्ठा नं 127 दिपक के.मगर ले भाग्यशाली उपहार पाउन सफल हुनुभएको छ।
उक्त कार्यक्रम समापनमा मोनाका सक्रिय सदस्य हरु,महासचिव केश रोका मगर,उपाध्यक्ष जोगलाल पुन,कोषाध्यक्ष छम बाहदुर साहि,महिला सदस्य रविना गरुङ्ग लगायतका पदाधिकारी हरुलाई अध्यक्ष पुर्ण प्रसाद रोका लगाएत संथापक अध्यक्ष रामचन्द्र केसी,विशिष्ट अतिथि तथा बाग्लुङ सेवा समाजका संथापक अध्यक्ष/प्रवासि नेपाली मञ्चका महासचिव कृष्ण खड्का,संरक्षक बम सुनुवार, समाजसेवी पुकार पुन लगायतले सम्मान गर्नुभएको थियोे। रामचन्द्र केसीको सन्चालनमा रहेको उक्त कार्यक्रममा बाक्लो दर्शक हरुको उपस्थितिमा थियोे ।
कार्यक्रमको सभापति मोना मलेसियाका अध्यक्ष पुर्ण प्रसाद रोकाले समापन मन्तव्यमा आगामी दिनमा पनि मलेसियामा रहेका संघ संस्था संगै हातेमालो गरेर अप्ठ्यारो र दुख पीडामा पर्ने सबै नेपालीलाई साथ सहयोग गरि एक आपसमा मेलमिलाप हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दोस्रो मोना मलेसिया कप 2025 भव्य रुपमा समापन भएको भन्दै मोना मलेसियाले सहयोगी खेलाडी तथा खेलाडी हरुलाई धन्यवाद व्यक्त गर्नुभयो।