म्याग्दीको मौलिक थाली नाचकी सर्जक एवम् लोक गायिका धनकुमारी थापाले ५० बर्ष अगाडी रेकडिङ गर्नुभएको मगर भाषाको गीत ‘इसै मनाउ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
रघुगंगा गाउँपालिका वडा नं. ७ चिमखोला घर भई हाल बेनी नगरपालिका वडा नं. ८ बेनीबजारको क्याम्पसचोकमा बस्ने थापालेआफ्नै युट्युब च्यानल “धनकुमारी थापा” च्यानल बाट म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको हो । विसं २०५१ सालमा रेडियो नेपालमा रेकर्ड गराउनु भएको गीतलाई छायांकन गरी भिडियो मार्फत गीत सार्वजनिक भएपछि अहिले चर्चामा छ ।
गीतको शब्द तुल बहादुर थापा मगरले लेख्नुभएको हो भने यसको भाका धनकुमारी थापाले तयार पर्नुभएको हो । म्युजिक भिडियोको छायांकन डीके चोचंगी पुन मगरले गर्नुभएको छ । म्युजिक भिडियोमा जमुना पुर्ज मगरको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुमा गौमति थापा मगर, राधा पुन, दकमाया पाइजा सेतीमाया सेर्पुजा मगर रहेका छन् ।
आफ्नो जीवनको ३१ वर्ष शिक्षण सेवामा बिताउनुभएकी थापाले आइएसम्मको अध्ययन पूरा गर्नुभएको छ । गायन र शिक्षण पेशालाई संगसंगै लैजानुभएकी थापा चिमखोलाबाट सुरु भई हाल विश्वभर लोकप्रिय थाली नाचको सुरुवात गर्नेहरुमध्येको एक हुनुहुन्छ । धनकुमारी थापा २०४२ सालमा रेडियो नेपालमा स्वर परिक्षण पास गरी, नेपाली लोकगायनको क्षेत्रमा प्रवेश गर्नुभएको हो ।
आफ्नो गायन यात्रामा मगर भाषाका लोकगित तथा लोकदोहोरी गितहरुमा आवाज दिनुभएकी थापाले २०० भन्दा बढी गीत रेडियो नेपाल र विभिन्न एल्बमहरूमा रेकर्ड गराउनुभयो उहाँले “खोलापरी निरमाया,” “धौलागिरी वन,” “भेट भयो सलल,” “रेल पुग्यो बम्बैमा,” “मिठो बोलिले,” “अभिजाले माया,” “शिरफूले ३,” “यानिमाया,” “सालैजो,” “शिरबन्दी,” “बेनी बजारमा,” जस्ता लोकप्रिय गीतहरूमा आफ्नो स्वर प्रदान प्रदान गर्नुभएको छ । थाली नाच , यानिमाया लगायतको गीतको एक दर्जन जति भिडियोहरु युट्युबमा धनकुमारी थापा सर्च गरि हेर्नु सकिन्छ ।
यो मनको पिर कहिल्यै हराएन
कर्म लेख्ने भावी तैले के ग¥यो
सधै गर्छु उकाली ओराली
सङ्गी भयो हसिया कोदाली
दिन बितायो दाउरा घाँस काटेर
बित्यो जीवन सधै नै रोएर
रोएर हिड्छु एक्लै वन पाखामा
मन बुझाउने को छ र साथमा
कर्मै रुखो छ
सुखको दिन देखिन