म्याग्दीको रघुगंगा गाउँपालिका-१,तिप्ल्याङ्गस्थित कालिका माविको शैक्षिक कोषका लागि सञ्चालित अक्षय कोषमा ८ लाखभन्दा बढी संकलन भएको छ ।

सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको पहलमा बि.स २०३८ सालमा स्थापित विद्यालयको शैक्षिक तथा अन्य गतिविधिलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्ने उदेश्यले स्थापित कोषमा स्वदेश तथा विदेशमा रहेका स्थानीयबासी र शुभचिन्तकबाट सहयोग जुट्न थालेको विद्यालयका शिक्षक दर्पण रोकाको भनाई छ । विद्यालयमा समुदायबाट र भिसी परिवारबाट नियमित सहयोग हुदै आएको छ ।

घट्दो विद्यार्थी संख्यालाई सम्बोधन गर्न विद्यालय हाताभित्र सुविधा सम्पन्न पूर्णकालिन छात्राबासको स्थापना गर्नुपर्ने र बहुउद्देश्यीय सभाहलको निर्माण गर्ने मुख्य उद्देश्य सहित मन्टेश्वरी सञ्चालन, विद्यालयमा विविध विद्यार्थी तथा शिक्षक केन्द्रित कार्यक्रमहरु सञ्चालन, विद्यालय भवनका साथै शौचालय मर्मत तथा व्यवस्थापन र विद्यालय वरिपरी घेराबार गर्ने जस्ता शैक्षिक गतिविधिहरु सञ्चालन गर्न आर्थिक अभाव हुने देखिएपछि “शैक्षिक सुधार कोष” स्थापना गरिएको विद्यालयकी प्रधानाध्यापक कुसुम कुमारी पुर्जाले बताउनुभयो ।

कोषका लागि तिलक पुर्जाको अध्यक्षतामा सचिव प्रअ पूर्जा, कोषाध्यक्ष राजकुमारी पुर्जा,सदस्यहरु बलमान गौचन,लक्ष्मण पुर्जा,कपिल केसी, नानी गर्बुजा, शिव राना मगर, हिरा पुर्जा रहनुभएको छ ।

त्यसैगरी प्रचार प्रसार समितिको संयोजक गणेश थापा, सदस्यहरुमा सर्मिला रुचाल, बुद्धिमाया पुर्जा, बिनोद फगामी, शान्ति गर्बुजा, रुपाल पुर्जा, सुजन भट्टचन र सल्लाहकारमा समाजसेवी अर्जुन तिलिजा, बेग बहादुर पुर्जा, विजय पुर्जा, गंगा तिलिजा र बल बहादुर पुर्जा रहनुभएको छ । कोेषमा सहयोग गर्ने विभिन्न विधामा सम्मान तथा अभिलेख राखिने छ ।

Leave a Reply