माध्यमिक शिक्षा परीक्षा (एसइइ) लक्षित रघुगंगा गाउँपालिकाको माविस्तरीय हाजिरी जवाफ प्रतियोगितामा अमर मावि पाखापानी प्रथम भएको छ । नेपाल शिक्षक संघ, रघुगंगा गापाको आयोजनामा सञ्चालित प्रतियोगितामा द्धितिय रघुगंगा मावि र तृतिय ज्ञानोदय मावि भएको छ ।

प्रथम, द्धितिय र तृतियले क्रमश नगद ८ हजार, ६ हजार ४ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको हाजिरीजवाफ प्रतियोगिता सहजकर्ता एवम् ज्ञानोदय माविका शिक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।


प्रतियोगितामा प्रथम हुने अमर माविबाट कक्षा १० की यसिका सेरपुजा, जया पुन र प्रिति पाईजा रहनुभएको थियो । विजेताहरुलाई गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले पुरस्कार वितरण गर्नुभएको थियो । आगामी एसइई परीक्षाका लागि सहज हुने गरी प्रतियोगिताको आयोजना गरिएको नेपाल शिक्षक संघ, रघुगंगा गापाले जनाएको छ । नेपाल शिक्षक संघ, रघुगंगाका अध्यक्ष गुन पुनको अध्यक्षता, विष्णु रेग्मीको सञ्चालनमा सम्पन्न भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

Leave a Reply