म्याग्दीको बेनी नगरपालिका-७, न्यूरोड बेनीमा अवस्थित जय माँ लक्ष्मी सुनचाँदी पसलले पोखराको न्यूरोडमा शाखा विस्तार गरेको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नं ९न्युरोडबाट जयदिप ज्येर्लस सुनचाँदी दुकान सञ्चालनमा आएको हो । म्याग्दीको बेनीमा पुख्र्यौली व्यवसाय सञ्चालन गर्दै आउनुभएका रामजी र जानकी विश्वकर्माले पुख्र्यौली व्यवसायलाई आधुनिकता शैलीमा विस्तार गर्ने गरी सेवा विस्तार गरिएको बताउनुभयो ।

ग्राहकको चाहना तथा अर्डन अनुसारका गरगरहना डिजाइन सहित सुनचाँदी व्यवसायमा परिस्कृत सेवासहित गण्डकी प्रदेशलाई समेट्ने उद्देश्यसहित पोखरा शाखा विस्तार गरिएको जयदिप विश्वकर्माको भनाई छ । पुराना तथा मौलिक पहिचानका गहनासहित जातजाति तथा संस्कृति झल्कने गहना बनाउने गरेका कारण ग्राहकको आर्कषण रहेको जयदिपको भनाई छ ।

Leave a Reply