म्याग्दी जेसीजका सदस्यको १ लाखको दुर्घटना बिमा गरिएको छ । नवनिर्वाचित कार्यसमितिले जेसीजमा यूवाको आर्कषण बढाउनका लागि विभिन्न योजना अन्तरगत दुर्घटना बिमालाई समेत प्राथमिकता दिइएको जनाइएको छ । म्याग्दी जेसिज बर्ष २०२५ निर्वाचित नयाँ कार्यसमितिले आफ्नो बार्षिक कार्ययोजनामा समावेश गरि प्रथम संचालक समिति बैठकबाट सदस्य दुर्घटना बीमा गर्ने निर्णय गरेको थियो ।
म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्तीका अनुसार बिमा जोखिम बहन हुने गरि शिखर इन्स्योरेन्समार्फत बीमा गरिएको छ । उक्त दुर्घटना बिमाको खर्च म्याग्दी जेसीजले ब्यर्होनेछ । ‘कसैको पनि दुर्घटना नहोस् भन्ने हाम्रो कामना हो, तर आकस्मिक घटनामा राहत प्रदान गर्न यो बीमा योजना सुरु गरेका छौँ।’ अध्यक्ष घर्तीले भने। यो योजनाअन्तर्गत सदस्य २४ सै घण्टा जोखिम बहन गर्ने छ ।
दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि एक लाख रुपैयाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपैयाँसम्मको लाभ प्रदान गरिनेछ। बीमा योजनालाई दीर्घकालीन र व्यवस्थित बनाउन कार्यविधि तयार पारिनेछ।
शिखर इन्स्योरेन्स बेनी शाखाले म्याग्दी जेसिजको ऐतिहासिक महत्व बोकेको जिल्ला स्तरिय अन्तर मावि जेसीज कप फुटबल प्रतियोगितामा बर्ष–२०२२ देखि प्रत्येक बर्ष खेलाडीहरुको निस्शुल्क बिमा गर्दै इन्स्योरेन्स पार्टनरको रुपमा भुमिका खेल्दै आएको छ । शनिबार शिखर इन्स्योरेन्स बेनी शाखाको सहयोगमा सदस्य दुर्घटना बिमाको पोलिसि सदस्यहरुलाई हस्तान्तरण गरिएको थियो ।
म्याग्दी जेसिजका शाखा अध्यक्ष बिनोद घर्तीको अध्यक्षता, म्याग्दी जेसीजका पुर्व अध्यक्ष खम थापा मगरको प्रमुख आतिथ्यता, पुर्व अध्यक्ष बिरेन्द्र श्रेष्ठको बिशिस्ट आतिथ्यता, पुर्व अध्यक्ष तथा बर्ष २०२५ का कानुनी सल्लाहकार सुमन बानियाँको आतिथ्यता, बरिष्ठ कार्यकारीणि उपाध्यक्ष सज्जन श्रेष्ठको स्वागत, उपाध्यक्ष गणेश सुवेदीको आस्था पाठ बाचन र प्रकरण निर्देशक विशाल खत्रीको जेसीजको मिसन र भिजन बाचन रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा म्याग्दी जेसीजका उपाध्यक्ष कपिल बानियाँको रहेको थियो।
शिखर इन्स्योरेन्स बेनी शाखाका प्रबन्धक समेत रहेका उपाध्यक्ष बानियाँले कार्यक्रम बारे प्रकाश पारेका थिए । उक्त कार्यक्रमका सभाको अध्यक्षता शाखा अध्यक्ष बिनोद घर्तीले गरेका थिए।