म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पन्न भएको प्रथम बीटिडी सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी वान्टेड फेमेलीले आफ्नो पोल्टामा पारेको छ । शनिबार सम्पन्न भएको फाइनलमा आयोजक बीटिडीलाई ०-३ गोलले हराउँदै वान्टेडले उपाधी जितेको हो ।

प्रतियोगितामा विजेता र उपबिजेताले क्रमश ७० हजार, ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, कोरला यातायात प्रालिका अध्यक्ष मोहन केसी लगायतले वितरण गर्नुभएको थियो ।प्रतियोगिताको उद्घाटन खेलमा नेपाली कांग्रेस म्याग्दीका उपभापति कर्णबहादुर भण्डारी,जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा सर्वाधिक गोलकर्ता बिजय छिनाल, उत्कृष्ट खेलाडी देवस पुन मगर, उत्कृष्ट स्टाइकर सनम विक,उत्कृष्ट गोलरक्षक आशिष केसी,उत्कृष्ट प्रशिक्षक साधन मगर,उत्कृष्ट डिफेन्स मनसुनका रविन खड्कालाई पुरस्कृत गरिएको थियो ।प्रतियोगितामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई बीटिडीका अध्यक्ष आशिक केसीले धन्यवाद दिदैं आगामी बर्ष थप ब्यवस्थित गरी सञ्चालन गरिने बताउनुभयो ।

Leave a Reply