नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा सञ्चालन हुन गइरहेको तरुण कप भलिबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ । म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता यही फागुन ७,८ र ९ गते मालिका गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवम् अन्तर पालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४,१५ र १६ गते अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा आयोजना हुँदैछ ।

उक्त आयोजनाको पुर्व तयारी स्वरुप तरुणदल म्याग्दीले छलफल ,भेटबाटलाई तीब्रता दिएको छ । शनिबार दरबाङमा आयोजक तरुणदलले कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्र (ख)को कार्यसमिति , तरुणदल तीन वटै पालिका कार्यसमितिका पदाधिकारी सहितको पहिलो भेला सम्पन्न गरेको छ ।

भेलामा क्षेत्र खका सभापति टंक पुनले तरुण कपलाई सफल बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । तरुणदल म्याग्दीका अध्यक्ष श्रीप्रसाद रोका मगरले तरुण कप–२०८१ को तयारीलाई तीब्र पारिएको जानकारी गराउनुभयो । यसैगरी तरुण कप–२०८१को दुवै पुरुष भलिबल प्रतियोगिताका प्रथम पुरस्कार राशी १ लाख ११ हजर १११ रुपियाँ नेपाली कांग्रेस म्याग्दी– काठमाडौं सम्पर्क समितिले प्रायोजन गर्ने सहमति भएको तरुणदल म्याग्दीका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’का सभापति टंकप्रसाद पुन लगायत पदाधिकारी ,तरुणदल तीन वटै पालिका इकाई अध्यक्षहरुको सभागिता रहेको थियो । यसैगरी प्रदेश सभा क्षेत्र (क)को तयारी स्वरुप यसअघि भेटघाट र छलफल गरिएको तरुणदल म्याग्दीले जनाएको छ ।

केही दिनमा पार्टी क्षेत्र (क)को कार्यसमिति , तरुण इकाई समितिसंग पुनः भेला गर्ने तयारी रहेको सचिव मल्लले बताउनुभयो । त्यस्तै दुबै पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले रु १ लाख ११ हजर १११, ट्रफी मेडल र प्रमाण पत्र, द्धितिय हुनेले रु ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।

त्यस्तै महिला भलिबल प्रतियोगीतामा प्रथम हुनेले रु ७७ हजार ७७७ र द्धितिय हुनेले ४४ हजार ४४४ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । १५ लाख ५० हजार रुपैयाँ बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा ,स्वास्थ्य लगायत क्षेत्रमा खर्च गर्ने तरुणदल म्याग्दीले जनाएको छ ।

Leave a Reply