म्याग्दीको मंगला गाउँपालिकामा सुनिल शर्माको सभापतित्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ । नेपालमा बैकल्पिक राजनीतिक शक्तीको रुपमा स्थापित भएको रास्वपा मंगलाको भेलाबाट उपसभापति मोहन घर्तीमगर, सचिव मदन आचार्य, सहसचिव रुद्धबहादुर खड्का रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा गणनाथ उपाध्याय, भानुभक्त शर्मा, रमेश शर्मा, अनुप पौडेल, भुपेन्द्र रेग्मी, सुर्दशन शर्मा र प्रेम सापकोटा रहेको रास्वपा जिल्ला सचिव राजाराम बरुवालले जानकारी दिनुभयो ।

भेलामा सम्बोधन गर्न रास्वपाका केन्द्रिय नेता रमेश प्रसाई, मोहन थापा लगायतका नेताहरु बावियाचौर पुग्नुभएको थियो । म्याग्दीका सबै पालिका तथा वडास्तरमा पुगेर संगठन विस्तारको अभियानलाई तिब्रता दिने जिल्ला सभापति यूवराज रोकाले जानकारी दिनुभयो ।

Leave a Reply