म्याग्दीका नेकपा माओावदी केन्द्रका नेता रेशमबहादुर जुग्जाली वैकल्पिक केन्द्रीय सदस्य बन्नुभएको छ । पूर्व भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री एवम् गण्डकी प्रदेशसभाका सदस्य जुग्जालीलाई गत माघ २१ गते बसेको पार्टी पदाधिकारी बैठकले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
नेकपा माओवादी केन्द्रका निर्वतमान जिल्ला संयोजक समेत रहनुभएका जुग्जाली पार्टीको केन्द्रित टिममा पहिलोपटक प्रवेश गर्नुभएको छ।
गण्डकी प्रदेशमा पार्टीको यूवा नेतामा प्रभाव जगाउन सफल तथा हालै जिल्लामा भएको माओवादीको खवरदारी सभामा समेत दमदार भाषणका कारण जुग्जाली पार्टीका अध्यक्ष प्रचण्डको नजरमा पर्नुभएको छ ।
यो संगै अव नेता जुग्जालीले माओवादीको केन्द्रीय राजनीतिमा समेत आफ्नो क्षमता प्रस्तु्त गर्ने अवसर पाएको नेकाप माओवादी केन्द्र म्याग्दीका एक नेताको भनाई छ ।