म्याग्दी होटल तथा रेष्टुरेन्ट संघको अध्यक्षमा ललिन्द्र थापा मगर चयन हुनुभएको छ । संघको ११ औं साधारण सभा तथा ६ औं अधिवेशनबाट थापा मगर निर्विरोध अध्यक्ष चयन हुनुभएको हो । शनिवार बेनी नगरपालिका–४,स्थित सोतामा सम्पन्न अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्ष सरोज थापा,उपाध्यक्ष अमृत सापकोटा,सचिब इश्वर भण्डारी,कोषाध्यक्ष मना तुलाचन,सहसचिब,दुर्गालाल कडेल,सहकोषाध्यक्ष नौमती पुर्जा पुन रहनुभएको छ।

समितिको सदस्यहरुमा दिपक भण्डारी ,सीता घले, बल ब श्रीस , सिसम श्रेष्ठ, कुमारी गुरूङ्ग, भूपेन्द्र बुढाथोकी, मिना भट्टचन, प्रोजन घिमीरे जिल्ला समिति निर्विरोध चयन हुनुभएको हो । अधिवेशनको नेपाल होटल ब्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले उद्घाटन गदैं होटल तथा रेष्टुरेन्ट ब्यवसायमा अवसर र चुनौती दुबै रहेको बताउनुभयो ।

सोही अवसरमा बिशिष्ट अतिथि नेपाल होटल ब्यवसायी संघका केन्द्रिय सचिव ताराप्रसाद आचार्य बाबुराम, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, पूर्व अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाल होटल ब्यवसायी संघ गण्डकी प्रदेशका सदस्य एवम् बागलुङका सचिव कविता बस्नेत लगायतको उपस्थिती रहेको थियो । म्याग्दीमा हाल १ सय ३ होटल तथा रेष्टुरेन्ट संघमा आवद्ध रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले होटल तथा रेष्टुरेन्ट ब्यवसायीलाई संघमा आवद्ध भएर संस्थागत तथा ब्यवसायीक अभियानमा सक्रिय हुन अनुरोध गर्नुभएको छ।

Leave a Reply