जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ कतारको दोहामा सम्मानित हुनुभएको छ । मोना कतारको १२औँ साधारणसभामा विशेष अथितिको रुपमा सहभागि हुनुभएका बानियाँलाई परियार मित्र समाज कतारद्धारा भलिबल खेलको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
समाजका अध्यक्ष सुमन नेपाल, बरिष्ठ उपाध्यक्ष गुप्ता परियार,उपाध्यक्ष बालेन परियार,सल्लाहकार उषा परियारले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा समाजका अध्यक्ष नेपालले भलिबल क्षेत्रमा बानियाँको सक्रियतालाई थप प्रोत्साहन सहित आगामी दिनमा समेत रचनात्मक कार्यका लागि समेत शुभकामना दिनुभयो ।
राष्ट्रिय स्तरका भलिबल प्रशिक्षक तथा रेफ्री बानियाँले सम्मान कार्यक्रमले उर्जा थपिएको बताउनुभयो । सम्मानित कार्यक्रममा बानियाँले म्याग्दीमा अन्तराष्ट्रिय मापदण्डको कवर्ड हल बनाउने अभियानमा कतारमा रहेका म्याग्देली सहित भलिबल प्रेमी समुदायको साथ र सहयोगले उत्साहित भएको बताउनुभयो ।