१० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी रघुगंगा गाउँपालिकाले जितेको छ। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा सञ्चालित प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ४ काँस्य सहित रघुगंगा प्रथम भएको हो ।

त्यसैगरी बेनी नगरपालिका ७ स्वर्ण, १० रजत र ७ काँस्य सहित बेनी नगरपालिका द्धितिय भएको छ भने मालिका गाउँपालिका ५ स्वर्ण, ७ रजत र ८ काँस्य पदक सहित तेस्रो भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । म्याग्दीका ६ स्थानीय तहबाट छनौट भई प्रतिस्पर्धाका लागि म्याग्दीको सदरमुकाम बेनीमा आएका खेलाडीहरु बिचको प्रतिस्पर्धामा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति कप गाउँपालिकाले जितेको छ ।

प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडी सहभागी थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदका लागि खेल भएको थियो । यसपटक स्वर्णपदक विजेता सहित छनौट भएका खेलाडी आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ गरी एक सय जनाले सहभागिता जनाउने छन् ।

 

Leave a Reply