जापानको राजधानी टोकियोस्थित सिन ओकुबो मा सञ्चालन गरेको नाङ्घलो घर रेष्टुरेन्टमा राखिएको आँखीझ्याल । नेपाली मौलिकता झल्किने गरी रेष्टुरेन्टमा आउने नेपाली तथा विदेशी ग्राहकलाई चिनाउने गरी राखिएको आँखीझ्याल नेपालीको पहिचान हो ।

विशेषगरी नेवार समुदाय आफ्नै मौलिक कला संस्कृतिहरूमा आँखीझ्याललाई प्रख्यात मानिन्छ । आँखी झ्यालमा बुट्टाहरूको प्रयोग गरिएको हुन्छ जसका कारण यसलाई निकै सुन्दर तथा कलात्मक बनाएको हुन्छ । आँखीझ्याललाई लिच्छविकालीन सभ्यतासित जोडिएको छ ।

कोठाभित्रबाट बाहिर चियाउन मिल्ने तर बाहिरबाट भित्र केही नदेखिने गरी बनाइएको हुन्छ । नाङ्घलो घर रेष्टुरेन्टमा आउने विदेशी ग्राहकले आँखीझ्यालका बारेमा चासो देखाउने गरेको सञ्चालक सचिन श्रेष्ठको भनाई छ । निकै ब्यस्त रेष्टुरेन्टमा आउने ग्राहकलाई नेपाली पहिचान झल्किने विभिन्न कलात्मक तस्विर सहितको सजावटले आकैषित गर्ने गरेको छ ।
तस्वीर: हरिकृष्ण गौतम/ बेनीअनलाइन

Leave a Reply