सुदिप रावल स्मृति कोषको १६ औ स्मृति दिवसको अवसरमा गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित कोषको बिहिबार आयोजित एक कार्यक्रममा जिल्ला प्रथम हुने प्रकाश माविका छात्र सन्दिप नेपाली (३७० जिपिए),न्यु वेष्ट पोइन्ट आवासीय माविका छात्र शुभम श्रेष्ठ(३.६०जिपिए)लाई बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले क्रमशः नगद रु.१० हजार, ५ हजार नगद तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले माध्यामिक तहमै विद्यार्थीको भविस्य निर्धारण हुने भएकाले विद्यार्थीले शैक्षिक तथा अन्य सीपहरूलाई समेत बेनी नगररपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले विद्यार्थीलाई आफ्नो क्षमतामा विश्वास गर्न र अन्यको प्रगतिलाई असफलताको कारण नबनाउन समेत अनुरोध गर्नुभयो । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, न्यु वेष्ट पोइन्ट आवासीय माविका सहायक प्रधानध्यापक कृष्ण जिसीले स्वर्गीय रावलको बाल्यकाल, रुची लगायतका विषयमा मन्तब्य राख्नुभएको थियो ।
कोषले उत्कृष्ट विद्यार्थीसँगै विद्यालयलाई समेत सम्मानपत्रले सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा प्रकाश माविका कविराम थापा, म्याग्दी बहुमुखी क्याम्पसकी उपप्रध्यापक रेखाकौशल रेग्मी,म्याग्दी पुस्तकालयका पदाधिकारी तथा सदस्य, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । ०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा यसैबर्षदेखि पुस्तकालयमा २ लाखको अक्षय कोषको स्थापना गरिएको छ ।
सम्मान कार्यक्रमको अध्यक्षता म्याग्दी पुस्तकालयका अध्यक्ष अम्बिककुमार श्रेष्ठ, स्वागत उपाध्यक्ष सुमन पौडेल र सञ्चालन सचिव नवराज पौडेलले गर्नुभएको थियो । ०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा २ लाखको अक्षय कोषको स्थापना गरिएको छ ।