राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा जापानी भाषामा ट्रान्सलेट अर्थात् अनुवाद गरिएको छ । नेपालमा सर्वाधिक बिक्री भएको पुस्तकलाई जापानीलाई समेत सहज हुने गरी जापानी नागरिक कोजी तेराकावाजीले अनुवाद गर्नुभएको हो ।
वीरगन्जको कृषि औजार कारखानाका लागि खर्च जुटाउनका लागि नेपालका विभिन्न जिल्ला तथा विदेशमा रहेका नेपालीलाई पुस्तक बिक्री गरिरहनुभएका राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका पुनले जापानमा बिक्री भएको पुस्तकको सबै कारखानामै खर्च गरिने बताउनुभयो। ‘सबै खर्च कारखानामै हुन्छ, मैले पुस्तकबाट आविस्कारको क्षेत्रमा खर्च गर्नेछु, अझैपनि पुस्तक बिक्रीमै ब्यस्त छु ’ अध्यक्ष पुनले भन्नुभयो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, नागीका पुनले जन्मजिल्ला सहित नेपालका अधिकांस जिल्लामा पुगेर पुस्तक बिक्री गर्नुभएको छ । नेपालमा हालसम्म सबैभन्दा धेरै पुस्तक बिक्री हुनेमा पर्छ । यसैबीच जापानमा पुस्तक बिक्री तथा प्रचारप्रसारमा सघाउने मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले बताउनुभयो ।
‘हामीले नेपाली भाषाको पनि बिक्रीमा सघाएका थियौं, यो जापानी भाषालाई पनि यहाँका नागरिकमाझ पुर्याउन सघाउँछौ’ अध्यक्ष खड्काले भन्नुभयो । जापानीहरु अधिकांस जापानी भाषा बाहेक कमै अंग्रेजी तथा अन्य मूलुकको भाषा बोल्ने भएकाले पनि यो पुस्तक जापानीको नजरमा पर्ने अनुमान गरिएको छ । पुस्तकको अनलाइनमा जापानी १७ सय ६० जापानी येन तोकिएको छ ।
महाबीरले ३२ बर्षदेखि बन्द रहेको वीरगन्जको कृषि औजार कारखाना सञ्चालन गर्नका लागि पुस्तकको सबै आम्दानीलाई प्रयोग गर्ने भन्दै विभिन्न क्षेत्रमा पुगेर पुस्तक खरिदका लागि सार्वजनिक अपिल समेत गर्नुभएको छ ।
पुनले सरकारसँग एक रुपैयाँ नलिई कारखाना चलाएर देखाउने दाबी समेत गर्नुभएको छ । आविष्कार केन्द्रले अहिले कारखानामा साना औजारहरू निमार्ण गरिरहेको छ । यसैबीच नेपालमा पुस्तकको खुद्रा बजार ७५० रुपैयाँ तोकिएको छ ।