---Advertisement---

सुनजस्तो देखिने पहेँलो धातुसहित दुई भारतीय पक्राउ

On: February 14, 2025 10:41 AM
Follow Us:

काठमाडौंबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्लीका २७ वर्षीय महेश अम्रुत मनि र महाराष्ट्र सोलापुरका २४ वर्षीय राहुल खंडु सरक रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएका छ।

नागढुंगाबाट खटिएको प्रहरी टोलीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१ ००२ ख ०५४२ नम्बरको बस परीक्षण गर्ने क्रममा ३१८ ग्राम सुन जस्तो देखिने पहेँलो धातुसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरी उपरिक्षक अपील राज बोहोराका अनुसार, पहेँला धातुसहित उनीहरुलाई थप अनुसन्धानका लागि त्रिभुवन विभानस्थल भन्सार कार्यालय पठाइएको छ।