अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

पाेखरा भ्रमण वर्षकाे उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री पाैडेल र पाेखराका मेयर घाइते

On: February 15, 2025 2:41 PM
Follow Us:
---Advertisement---

पोखरा भ्रमण वर्ष २०२५ काे उद्घाटनका क्रममा आगाेको ज्वालाले बेलुन फुट्दा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुनुभएको छ ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरका मेयर आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो ।

मेयर आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उहाँका प्रेस संयोजक भीम थापाले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेललाई पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको र उहाँलाई सामान्य चोट लागेको नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।