---Advertisement---

डा.कुवँर सङ्गीतको साधनामार्फत विज्ञानको अनुसन्धान गर्दै

On: February 15, 2025 8:41 PM
Follow Us:

नेपाली वैज्ञानिक डा.भविन्द्र कुँवर संगीतको साधनासँगै वैज्ञानिक अनुसन्धानमा व्यस्त हुनुहुन्छ । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा स्थायी घर भै हाल काठमाण्डौंमा वस्दै आउनुभएका कुँवरले सङ्गीतका क्षेत्रमा समेत अनुसन्धान गरी गोमन सङ्गीतलिपिको समेत आविष्कार गर्नुभएको छ । वैज्ञानिक कुँवरले विज्ञानका अनुसन्धानलाई अघि बढाउनको लागि आवश्यक पर्ने खर्च जुटाउन सङ्गीतको सहारा लिँदै आउनुभएको हो ।

विज्ञानको काम गर्न र आफू चल्न आवश्यक पर्ने खर्च जुटाउने कुनै आधार आवश्यक भएकाले संगीत सिकाउने काम गरी खर्च जुटाउने गरेको उहाँले बताउनुभयो ।“आफूले गर्न सक्ने काममध्ये सङ्गीत सिकाउन अलिक सजिलो हुन्छ भन्ने लाग्यो अनि सङ्गीतलाई पेशा बनाएर वैज्ञानिक अनुसन्धान अघि बढाउँदै जाने सोँच राखेँ ।” वैज्ञानिक कुँवरले भन्नुभयो ।

औपचारिक अध्ययनका हिसाबले नेपाली भाषा–साहित्य र गणितको विद्यार्थी भए पनि काम र पेशाका हिसाबले आफुले भौतिक विज्ञान, साहित्य र सङ्गीत क्षेत्रमा काम गरीरहेको कुँवरको भनाइ छ ।

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।