ज्यामरुककोट समाज नेपालको ११ औँ वार्षिकोत्सव तथा ज्यामरुककोट समाज नेपालको खोजमूलक चिनारी पुस्तकको विमोचन कार्यक्रम शनिवार काठमाण्डौंमा सम्पन्न भएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ज्यामरुककोटबाट देशका विभिन्न ठाउँ तथा विदेशमा रहदै आउनुभएका ज्यामरुककोटेहरुको संस्था समाजका पदाधिकारी तथा सदस्यहरु सहभागि उक्त कार्यक्रमको ज्यामरुककोट समाज नेपालका जेष्ठ नागरिक तथा कार्यक्रमका विशिष्ट अतिथि नरबहादुर थापाले पानसमा वत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।

जागिर,अध्ययन,व्यापार,व्यवसाय वा स्थायी व्यवस्थापनका साथ काठमाण्डौंमा बस्दै आउनुभएका ज्यामरुककोटका अग्रजहरुद्धारा गठन गरिएको उक्त संस्थाले प्रकाशन गरेको १३० पृष्ठको ज्यामरुककोटसमाज नेपालको खोजमूलक चिनारी नामक पुस्तकको विशिष्ट अतिथि थापा र संस्थाका सल्लाहाकारहरुबाट विमोचन गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष कृष्णबहादुर कार्की,पूर्व उपाध्यक्ष भीम सापकोटा,पूर्व अध्यक्ष रामबहादुर कार्की,सल्लाहाकार मदन थापा,टीका कार्की,विश्व बम मल्ल र हिराबहादुर घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा डा.भवीन्द्र कुवँर र प्रहरी निरीक्षक अशोक मल्ललाई सम्मान गरिएको थियो ।

ज्यामरुककोट समाज नेपालको खोजमूलक चिनारी पुस्तक र पुस्तक प्रकाशनको विषयमा सम्पादकको तर्फबाट वरिष्ट वैज्ञानिक डा.टीकाबहादुर कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रगति विवरण प्रतिवेदन,कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल भई सर्वसम्मत पारित गरिएको थियो ।

कार्यक्रम ज्यामरुककोट समाज नेपालका अध्यक्ष हर्कबहादुर थापाको अध्यक्षता,नरबहादुर थापाको विशिष्ट आतिथ्यता,सरु रावलको स्वागत र संस्थाका सचिव बालकृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।

ज्यामरुककोट समाज नेपालको खोजमूलक चिनारी नामक पुस्तकको संरक्षकमा समाजका अध्यक्ष हर्कबहादुर थापा,सम्पादकमा डा.टीकाबहादुर कार्की र उपप्राध्यापक बालकृष्ण शर्मा रहनुभएको छ । त्यसैगरी प्रकाशन उपसमितिमा हर्कबहादुर थापा,मदन थापा,डा.टीकाबहादुर कार्की,रामबहादुर कार्की,बालकृष्ण शर्मा र बद्री सापकोटा रहनुभएको छ ।

Leave a Reply