म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा संगीत सिकाउने तालिम सुरू भएको छ। अन्नपूर्ण यूवा क्लव नारच्याङको आयोजना तथा अन्नपूर्ण सिकाई केन्द्रको आर्थिक सहयोगमा पाँचदिने मादल,गीतार, किर्बोड, हार्मोनियम,क्याजन र बाँसुरी बजाउन सिकाउने तालिम सुरु भएको हो ।
गाउँमा आयोजना हुने सांगीतिक कार्यक्रम तथा ब्यवसायीक रुपमा बजाउन चाहने नारच्याङबासीका लागि आयोेजित तालिममा महिला १२ जना र पुरुष ९ जना गरी २१ जनाको सहभागिता रहेको क्लवका अध्यक्ष टेकबहादुर पुनले जानकारी दिनुभयो ।
तालिममा प्रशिक्षक अजित सेन्चुरी, एलिकला बिक र सन्तोष बास्केद्धारा प्रशिक्षण दिनुभएको छ । क्लवको सभाहलमा सञ्चालित तालिममा सहभागिले संगीत सकारात्मक सोचको विकास गराउन सक्ने शक्ति भएकाले तालिम उपयोगी भएको बताएका थिए ।