यूवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले शनिबार शाखा पदाधिकारीलाई तालिम सञ्चालन गरेको छ।

बेनी नगरपालिका वडा नं ७ को सभहालमा आयोजित शाखाका नवनिर्वाचित पदाधिकारी लक्षित तालिमका प्रमुख प्रशिक्षक बागलुङ जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्व राष्ट्रिय कानुनी सल्लाहकार सुदिप राजभण्डारी,म्याग्दी जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री को प्रशिक्षक रहेको थियो ।

तालिमको उद्घाटनमा शाखा अध्यक्ष बिनोद घर्र्तीले आफ्नो कार्यकालमा संस्थागत तथा क्षमता विकास सहित विभिन्न रचनात्मक कार्यहरुलाई प्राथमिकता दिने बताउनुभयो ।

तालिममा म्याग्दी जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जयकुमार श्रेष्ठको प्रमुख आतिथ्यता पूर्व अध्यक्ष एवम् राष्ट्रिय अध्यक्षिय सल्लाहकार बिरेन्द्र श्रेष्ठ, म्याग्दी जेसीजका पुर्व अध्यक्ष खम थापा मगर र बागलुङ जेसीजका शाखा अध्यक्ष शुशान्त श्रेष्ठको आतिथ्यता रहेको थियो ।

सहसचिव गोकुल सुनारको आस्थापाठ बाचन, वरिष्ठ कार्यकारिणी उपाध्यक्ष सज्जन श्रेष्ठको स्वागत र संचालन तालिम संयोजक सचिना सपकोटाको रहेको थियो । तालिममा संसदीय सभा प्रणाली र पदाधिकारीहरुको काम कर्तव्य र अधिकार बारे प्रशिक्षण दिईएको थियो।

यसैबीच म्याग्दी जेसीजका पूर्व अध्यक्ष उत्तमकुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा लभ्लीहिलमा रहेको बोर्डको मर्मत तथा रंगरोगन समेत गरिएको थियो । म्याग्दी जेसीजले विगतमा पर्यटकीयस्थल तथा विभिन्न स्थानमा गरेका कार्यहरुको रेखदेख तथा नयाँ कामको थालनी समेत गरिने जनाइएको छ ।

Leave a Reply