म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीस्थित अमर माविमा राष्ट्रपति रनिङ शिल्ड–२०८१ मा पालिका तथा जिल्लास्तरीय खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई नगदले सम्मान गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी पालिकास्तरीय खेलकुदमा १७ पदक र जिल्लास्तरमा ५ पदक प्राप्त खेलाडीहरू, साथै विद्यालयका मेधावी विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोसन पुनको अध्यक्षता, विशिष्ट अतिथि “डम्बर सिंह रेखी पुन स्मृति कोष” का संयोजक निराज पुनले सम्मान गर्नुभएको थियो । सोही अवसरमा “डम्बर सिंह रेखी पुन स्मृति कोष”ले एसइई २०८० सालमा प्रथम हुने जमुना पाइजालाई १० हजार, द्धितिय हुने दर्जन पुन ५ हजार र तृतिय हुने समिक्षा पूर्जालाई ३ हजार नगदले सम्मान गर्नुभएको थियो भने आगामी एसइई नतिजामा उत्कृष्ट हुने विद्यार्थीलाई क्रमश प्रथम, द्धितिय र तृतियलाई १५ हजार, १० हजार र ५ हजार नगदले सम्मान गर्ने कोषले घोषणा गरेको विद्यालयका सहायक प्रअ प्रकाश आचार्यले जानकारी दिनुभयो ।
विद्यालयका प्रअ यु बहादुर गर्बुजाले सम्मान केवल एउटा पुरस्कार मात्र नभई विद्यार्थीहरुको मेहनत, संघर्ष, र लगनशीलताको कदर भएकाले यसले अझै प्रेरणा र मेहनती बन्न सिकाउने बताउनुभयो । रघुगंगामा अमर माविका विद्यार्थीले शैक्षिक तथा अतिरिक्त गतिविधिमा समेत अब्बल नतिजा ल्याउने गरेका छन् ।