गायिका निशा केसीको नयाँ मार्मिक लोक गीत ‘बिचल्ली नपार्देउ भगवान’ सार्वजनिक भएको छ । पारिवारिक पीडासँगै भगवानलाई पुकार गदैं सार्वजनिक भएको गायिका केसीको आफ्नै यूट्यूव च्यानल ‘निशा केसी’ च्यानलबाट सार्वजनिक भएको हो ।
मायामा प्रेममा रहेका जोडीविचको विषयबस्तुसँगै परिवारको दवाललाई निकै मर्मस्पर्सी भावमा रमेश परियारको शब्द, लय निशा केसी र बसन्त थापाको स्वर रहेको गीतमा बिशाल घिमिरेको निर्देशनमा देवेन्द्र बब्लु, जुना गुरुङ र राज रेग्मीको अभिनय रहेको छ । गायिका केसीले यसअगाडी पनि पारिवारिक, मायाँ प्रेममा आधारित गीतहरु पस्किनुभएको छ । हाल अष्ट्रेलिया’मा रहनुभएकी केसीले नयाँ गीतलाई मायाँ गरिदिन र रचनात्मक प्रतिक्रियाका लागि समेत अनुरोध गर्नुभएको छ ।