म्याग्दीमा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने

0
12

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा म्याग्दीमा विविध कार्यक्रम गरी मनाइने भएको छ । गृहमन्त्रालयको परिपत्र अनुसार जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीको अध्यक्षतामा बसेको राष्ट्रिय प्रजातन्त्र दिवश मुल समारोह समितिको बैठकले सरसफाइ कार्यक्रम,मुल समारोह, बिरेन्द्रचोकमा दिप प्रज्वलन गर्ने निर्णय गरेको निमित्त जिल्ला समन्वय अधिकारी अमृत सुबेदीले बताउनुभयो ।

जिल्लाका सबै स्थानीय तहमा समेत मुल समारोह सहित आवश्यकता अनुसारका कार्यहरु गर्ने गरी कार्यालय प्रमुखको बैठकमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले अनुरोध गर्नुभएको छ । सबै कार्यक्रममा प्रचारप्रसारका लागिनेपाल पत्रकार महासंघमार्फत जिल्लाका सञ्चारगृहलाई समेत अनुरोध गर्ने मुल समारोह समितिले जनाएको छ ।