अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

उद्यमशिलताका लागि म्याग्दी क्याम्पसका विद्यार्थीको योजना छनौट

On: February 17, 2025 10:20 PM
Follow Us:

विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित उद्यमशिलता सम्बन्धि तालिममा सहभागी दुई विद्यार्थीको योजना छनौट भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसले तीन महिनासम्म उद्यमशीलता तालिममा उत्कृष्ट ५ विद्यार्थी छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा पठाइएको थियो ।

२४ वाट क्याम्पसवाट आयोगमा पेश गरिएका १ सय २२ वटा व्यावसायीक योजनाहरु मध्ये म्याग्दी बहुमुखी क्याम्पसका विएड दोस्रो वर्षमा अध्ययनरत छात्रा श्रीया श्रेष्ठ र एमविएस दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र श्रीकृष्ण अधिकारीको हिमालयन ट्वाक्क टिम्मुर नामको व्यवसायिक योजना सहित देशभरबाट ४६ वटा व्यवसायिक योजनाहरू छनौट भएको छ ।

म्याग्दी क्याम्पसका श्रेष्ठ र अधिकारीले कुल १० लाख भन्दा बढी लगानीमा आधारित परियोजना रहेको सहायक क्याम्पस प्रमुख एवम् सूचना अधिकारी नारायणप्रसाद सुबेदीले बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगले व्यवसायिक योजनाको लागत अनुसार अधिकतम ४० लाखसम्मको विउँ पूजिको रुपमा विद्यार्थी व्यवसायिलाई उपलव्ध गराउने जानकारी गराएकोमा अब विद्यार्थीहरुले आफ्नो योजना विज्ञहरुमाझ प्रस्तुत गर्ने क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो । ‘अबको प्रस्तुतीकरणले बजेट निर्धारण गर्छ, अब तालिम सहितका थप अवसरहरु छनौट भएकाले पाउँछन्’ सुबेदीले भन्नुभयो ।

क्याम्पसमा ४० दिने उद्यमशीलता सहायता कार्यक्रममा सहभागी भएर उत्कृष्ट ब्यवसायीक योजना तयार गरी विद्यार्थीको ब्यवसायीक परियोजनामा न्यूनतम साढे ८ लाखदेखि साढे ४० लाखसम्मको लागत पेश गरिएको थियो ।

क्याम्पसमा तालिममा विद्यार्थीले विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकबाट व्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी लगायत विविध विषयमा सहजीकरण गरिएको परियोजना संयोजक रामजीप्रसाद सुबेदीले बताउनुभयो ।

तालिम अवधिभर विद्यार्थीलाई उद्यमशिलता सम्बन्धि सैद्धान्तिक, अध्ययन अवलोकन भ्रमण, विषय विज्ञ र सफल उद्यमीहरूको अनुभवका लागि जिल्ला बाहिर समेत लगिएको थियो । यो परियोजनामा क्याम्पसमा विद्यार्थीको उत्साहजनक उपस्थिती थियो ।