म्याग्दीको बेनी नगरपालिका वडा नं ८,शिक्षामार्गमा फाइभ ए साइडमा प्रतियोगिता खेल्न सकिने फुटसल फागुन ८ गतेदेखि ब्यवसायीक रुपमा सञ्चालनमा आउने भएको छ । बेनी फुटसल प्रालिका कुमार बानियाँ, हेमन्त श्रेष्ठ र जेनेस श्रेष्ठले ८० लाखको लगानीमा प्याराफिट सहित खोलिएको फुटसल सेन्टर फागुन महिनाभित्र पूर्णरुपमा सञ्चालनमा आउने छ । फुटसल खेल्न छिमेकी जिल्ला बागलुङ जानुपर्ने फुटसल प्रेमीलाई अब बेनीमै सहज हुने भएको छ ।

बढ्दो फुटसल क्रेजलाई मध्यनजर गरी बेनीका यूवा ब्यवसायी म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिका आसपासका खेलाडीहरूको आवश्यकतालाई मध्यनजर गरी फुटसल सञ्चालन गरिएको सञ्चालक कुमार बानियाँको भनाई छ ।

‘हामीले मैदान पूर्णरुपमा तयार गरेका छौ, अब बाहिरको केही काम बाँकी छ, अब खेल्न मिल्छ’ म्याग्दी फुटबल संघका अध्यक्ष समेत रहनुभएका बानियाँले भन्नुभयो । फुटसलस्थलमा बल, प्राथमिक उपचार सामग्रीका साथै खानेपानी सहितको सुविधा रहेको छ भने मदिरा, धुम्रपान निषेध सहित फुटसलको मापदण्डको पालना गर्ने सर्तसहित मात्रै टिमलाई खेलका लागि मैदान उपलब्ध गराइने छ ।

फुटसल मैदानमा महिला समुहलाई प्रति घण्टा १ हजार र पुरुषलाई शनिबार बाहेकका दिन १२ सय र अन्य समयमा १५ सय शुल्क निर्धारण गरिएको छ । विद्यालय र अन्य समुहले मासिक प्याकेजमा प्रशिक्षणका लागि समे बुक गर्न सक्ने बेनी फुटसल प्रालिले जनाएको छ । म्याग्दीमा आवश्यक फुटसल निर्माण गरेपछि फुटबल प्रेमीहरु समेत खुसी भएका छन् ।

Leave a Reply