म्याग्दीको मालिका गाउँपालिकाका सातवटै वडाभित्र सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १४ वटा योजना सञ्चालनका सहभागी उपभोक्ता समितिहरूलाई आवश्यक सुरक्षा सामग्री वितरण गर्न सुुरु गरिएको छ । गाउँपालिकामा आव २०८१÷८२ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक वडामा २ वटा योजना गरी ७ वडामा १४ वटा योजना सञ्चालनमा रहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वडा नं.१ निस्कोट र २ रुममा निर्माण भइरहेको निस्कोट सार्वजनिक शौचालय निर्माण र रुम नमाल पदमार्ग निर्माण परियोजनाका लागि रोजगार उपभोक्ता समितिलाई हेल्मेट, ग्लोभ्स, बुट लगायतका सुरक्षा सामग्रीहरू वितरण गरिएको गाउँपालिका रोजगार सहायक मिलन सुबेदीले जानकारी दिनुभयो । सुरक्षित, व्यवस्थित र प्रभावकारी कार्य संचालन सुनिश्चित गर्न श्रमिकहरूलाई सुरक्षित सामग्री उपलब्धले श्रमिकहरूलाई सुरक्षित वातावरण बन्ने गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको भनाई छ ।

Leave a Reply