म्याग्दी जेसीजले कारागारमा रहेका कैदीबन्दीहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ । म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुको आवश्यकतालाई एक कार्यक्रम गरी आन्तरिक खेलकुद प्रतियोगिताका लागि १२ हजार बराबरको दुईवटा भलिबल, नेट लगायतका खेलकुद सामाग्री सहयोग गरेको शाखा अध्यक्ष विनोद घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

बुधबार विहान आयोजित कार्यक्रममा पूर्व अध्यक्ष खम थापा मगर, निर्वतमान अध्यक्ष दिनेश बानियाँलगायत जेसीजका पदाधिकारीहरुले खेलकुद सामाग्री हस्तान्तरण गदैं कैदीबन्दी जिवनपछि समाजका सामाजिक कार्यहरुमा समेत अग्रसर हुने गरी भविस्यमा समेत सहकार्य गर्ने अध्यक्ष घर्ती क्षेत्रीले प्रतिबद्धता जनाउनुभएको थियो ।

विभिन्न मुद्धामा जेल जिवन विताइरहेका कैदीबन्दीलाई विगतमा समेत म्याग्दी जेसीजले खेलकुद सहित पुस्तक लगायतका साम्रागीहरु वितरण गर्ने गरेको थियो । यसैबीच म्याग्दी जेसीजले ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसरमा संगमचोकमा बुधबार साँझ नेपाल जेसीजका उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतको उपस्थितीमा दीप प्रज्वलन गरी गौरवपूर्ण र अविस्मरणीय दिनको सम्झना गरेको छ ।

Leave a Reply