---Advertisement---

कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक

On: February 21, 2025 9:08 AM
Follow Us:

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । कार्यालयले कक्षा ११ र १२ को आउँदो वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

कार्यालयले साधारणतर्फ रजिस्ट्रेशन नम्बरमा शुरूका दुई अङ्क ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरूका दुई अङ्क ७३ देखि ७८ हुने परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।