म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक मावि माध्यमिक शिक्षा परीक्षा (एसइइ) लक्षित माविस्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ । बेनी सामुदायिक जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा द्वितीय न्यु वेष्ट प्वाइन्ट आवासीय मावि, तृतीय रघुगङगा मावि पिप्ले र सान्त्वना प्रकाश मावि भएको छ ।
प्रतियोगिताका विजेतालाई क्रमश १० हजार,६ हजार,४ हजार र २ हजार नगद, ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा ५ वटा अनिवार्य विषय, सामान्य ज्ञान तथा एसइइमा सहज हुने विभिन्न समसामायिक विषयबस्तुलाई समावेश गरिएको विद्यालयका मावि शिक्षक सचिन शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गदैं बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्षमतालाई सघाउने भएकाले उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ,बेनी नगरपालिका शिक्षा अधिकृत कमलप्रसाद ढकाल, विब्यस जेष्ठ सदस्य लोकनाथ रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष बालकृष्ण आचार्य लगायतको उपस्थिती रहेको थियो ।
हाजिरीजवाफ प्रतियोगिता संंयोजक मदन सुबेदीले सहजिकरण गर्नुभएको थियो । बेनी सामुदायिक यूरेस सभापति नेहिका सुबेदीको सभापतित्व, विद्यालयका प्रअ एवक् यूरेस संरक्षक दिपक श्रेष्ठको स्वागत मन्तब्य र सचिव अभिवेश पौडेलको सञ्चालन गर्नुभएको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।












