नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा भरत अर्मजा मगर चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनी स्थित मगर संघको सभाहलमा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट अर्मजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । निवर्तमान अध्यक्ष दर्पण रोका मगरका अनुसार, कार्यसमितिको उपाध्यक्षमा अस्मिता पुर्जा मगर ,सचिवमा साजन पुन मगर, सहसचिवमा थबहादुर पुन मगर कोषाध्यक्षमा मेघना गर्बुजा मगर चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा दिजन पुन मगर ,किस्मा मगर ,सलिना खोरजा मगर ,समिक्षा थापा मगर , अनिल पाइजा मगर , समिता पुन मगर ,रुविसरा पुन मगर,आइस्मा पुन मगर,मेलिना पाइजा मगर ,सिमरन अर्मजा मगर,एन्जल पुन मगर , मेघना गर्बुजा मगर ,महेन्द्र फगामी मगर, नेत्र फगामी मगर, सुजन बुढाथोकी मगर, विशाल घर्ती मगर र दिक्षा शेरपुञ्जा मगर चयन हुनुभएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रेशमबहादुर जुग्जालीले अधिवेशनको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष विष्णु आले मगर , मगर संघ गण्डकी प्रदेश सदस्य टकसरा राना मगर , मगर संघ गण्डकी प्रदेश सदस्य हिरा पुन मगर , नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष खम थापा मगर र नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण अठार मगरले सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।