म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्युशु क्षेत्रिय समितिको आइतबार तेस्रो अधिवेशनबाट बिजी बानियाँको संयोजकत्मा १६ सदस्यीय कार्यसमिति सर्बसम्मत गठन गरेको छ ।
रोजगार,शिक्षा तथा विभिन्न कामले क्युशु क्षेत्रमा बसोबास गर्ने म्याग्देलीलाई लक्षित गरी मोनाले विस्तार गरेको क्षेत्रीय समितिको उपाध्यक्षमद्धयनविन पुन र शिव बिक, महिला उपसंयोजकमा बिना पुन चयन भएका छन् भने सचिवमा पारस आचार्य, सहसचिवमा सन्देश हमाल ठकुरी, कोषाध्यक्षमा युवराज मगर र सहकोषाध्यक्षमा सन्दिप चोखाल रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा सदस्य अञ्जन खत्री, गोपाल बिक, दीप सुनार, जीवन सुनार, सोनिया पुन, धनकुमारी पुन, कुशल विश्वकर्मा र सुनिल विश्वकर्मा चयन भएका छन् ।अधिवेशनको उद्घाटन गदैं मोना अन्तराष्ट्रियका केन्द्रीय अध्यक्ष ददिवल खड्काको प्रवासमा रहेका म्याग्देली बिचको एकता र सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।
त्यसैगरी एनआरएन जापानका उपाध्यक्ष समेत रहेका मोनाका केन्दीय युवा संयोजक सचिन श्रेष्ठ, मोना जापानका अध्यक्ष बिशाल केसी, उपाध्यक्ष टिका छन्त्याल, मोना जापानका क्षेत्रीय सचिव उज्वल बानियाँको विशेष उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएको हो । नवगठित कार्यसमितिलाई प्रमुख अतिथिले शपथग्रहण गराउनुभएको थियो ।
अधिवेशन मोना क्युशुका संयोजक दिपक बिकको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।