म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३,सुकेबगरबाट नारच्याङ जाँदै गरेकोभ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । अन्नपूर्ण-४,नारच्याङ जादै गरेको बा ६ च ४६४४ नम्बरको इको भ्यान कालिगण्डकी नदीमा खसेको थियो ।

दुर्घटनामा अन्नपूर्ण–४घरापकी सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको छ भने नौमति चोचाङ्घी, बिष्णु बुढाथोकी र रुपा पुन घाईते हुनुभएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रहरी सहायक निरिक्षक रमेशप्रसद अधिकारीले जानकारि दिनुभयाे । घाईतको थप उपचारका लागि बेनी अस्पताल ल्याइएको छ । यसैबिच सवारी दुर्घटना भएपछि नेपाल तरुण दल म्याग्दीले आयोजना गरेको भलिबल प्रतियोगिता समेत स्थगित भएको आयोजकले जनाएको छ ।

Leave a Reply