शिव बोहोरा
बेनी नगरपालिका-४,सुर्केमेलास्थित सुर्केमेला युवा क्लबले महाशिवरात्रीको अवसर पारेर बुधबारदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ।
ग्रामिण क्षेत्रमा रहेका फुटबलको प्रतिभाको पहिचानका गर्ने उदेश्य सहित विभिन्न कार्यक्रम सहित आयोजित प्रतियोगिताको वडा अध्यक्ष अण बहादुर खडकाले उद्घाटन गदैं युवाहरूलाई सकारात्मक कार्यमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले खेलकुद सहित सामाजका हरेक अभियानमा यूवाको अग्रसरता आवश्यक रहेको बताउनुभयो।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा म्याग्दी जेसीजका अध्यक्ष विनोद घर्ती क्षेत्री, जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँ,समाजसेवी लालबहादुर केसीले बोल्नुभएको थियो।
प्रतियोगिताको अध्यक्षता क्लवका अध्यक्ष युवराज रोका मगरले क्लबले खेलकुद तथा सांस्कृतिक क्षेत्रमा योगदानसँगै गाउँका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाइरहेको बताउनुभयो। स्थानीय अगुवा खड्कबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा समुदायका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारणको उपस्थिती रहेको थियो। कार्यक्रममा मारुनी नाच समेत प्रस्तुत गरिएको थियो ।
यसैबीच पुरुष एबम महिला सेभेन ए साइड प्रतियोगिताको पुरुषतर्फ २४ टिमले नाम दर्ता गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ प्रथम र दृतियले क्रमश ८० हजार, ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिलातर्फ ३० हजार, २० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैबीच प्रतियोगिताको पहिलो उद्घाटन खेल सुर्केमेला र म्याग्दी एकेडेमी बिच सम्पन्न भएको छ ।