---Advertisement---

अनेरास्ववियु म्याग्दीको अध्यक्षमा खुम बहादुर किसान

On: February 28, 2025 10:11 PM
Follow Us:

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु म्याग्दीको अध्यक्षमा खुम बहादुर किसान चयन हुनुभएको छ । सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको अधिवेशनबाट २६ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको उपाध्यक्ष सफल खत्री,सचिव सुजन खत्री,सह–सचिव बिजन खड्का,सह–सचिव तारा राना मगर, सह–सचिव मन्जुर कटुवाल क्षेत्री, कोषाध्यक्ष बिबेक बानियाँ रहनुभएको छ । अधिवेशनको अनेरास्ववियुका केन्द्रीय कमिटीका महासचिव नरेश रोकायाले उद्घाटन गर्नुभएको थियो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुन,नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रवक्ता प्रकाश पौडेल, अनेरास्ववियु म्याग्दीका इन्चार्ज सुवास बिश्वकर्मा अनेरास्ववियुमा आवद्ध विद्यार्थीलाई शैक्षिक, सामाजिक एवम् अन्य मानवीय सेवाका क्षेत्रमा सक्रिय बनाउने बताउनुभयो ।

आगामी स्ववियू निर्वाचन केन्द्रित अभियानमा जुट्ने प्रतिबद्धता सहित अनेरास्ववियुलाई विद्यार्थीमैत्री बनाउने एजेन्डाहरुलाई प्राथमिकता दिएर नै अगाडी बढेको नवनिर्वाचित अध्यक्ष किसानको भनाई छ। उद्घाटन सत्रको अध्यक्षता अध्यक्ष मिलन खत्री र सञ्चालन खुमबहादुर किसानले सञ्चालन गर्नुभएको थियो ।